सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १५:४३

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न आम जिल्लावासीमा अपिल गरेको छ।

जिल्ला प्रशासन कार्यालय तथा शान्ति सुरक्षा तथा सामाजिक सद्भाव समिति इलामले सूचना जारी गर्दै धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्व उक्साउने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट, सेयर नगर्न तथा कुनै पनि सञ्चार माध्यमबाट प्रसारण र प्रकाशन नगर्न/नगराउन आग्रह गरेको हो।

Advertisement

नेपाली जनताबीचको एकता, सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सबैको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ।

नागरिकहरूबीच द्वेष सिर्जना गर्ने, उद्योग-व्यवसाय र नियमित क्रियाकलापमा असर पार्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पुर्‍याउने कुनै पनि गतिविधि नगर्न पनि आह्वान गरिएको छ।

कुनै पनि विषयमा मतभेद वा असमझदारी उत्पन्न भएमा आपसमा वार्ता, संवाद र कानुनसम्मत माध्यमबाट हल खोज्दै सामाजिक एकता जोगाउन जिल्ला प्रशासनले आग्रह गरेको छ।

धार्मिक स्वतन्त्रता, सहिष्णुता र सामाजिक मेलमिलाप बिगार्ने तथा द्वन्द्व उक्साउने क्रियाकलाप गरे वा गराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

तपाइको प्रतिक्रिया
देवानगन्ज गोलीकाण्डको असर अदालतसम्म
मिर्गौला फेल भएकी भुटानी शरणार्थीको उपचारका लागि बाटो फुकाउन सर्वोच्चको आदेश
सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण
प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा वाग्ले तथा सुब्बा सर्वसम्मत अनुमोदन
सवारी साधनको दर्ता वर्षका आधारमा जाँचिनेछ सवारी प्रदूषण
नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो
सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न अपिल
देवानगन्ज घटनाका मृतक परिवारलाई २ लाख दिने कोशी सरकारको निर्णय
बनारसको सम्पूर्णानन्द विश्वविद्यालयमा सापकोटालाई २ स्वर्णपदक
नेपाल टेलिकमका सबै टावरमा विद्युत् पुर्‍याउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×