नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १६:०९

काठमाडौं । नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा बुधबार सार्वजनिक गरेको २०८२ को सर्वेक्षण नतिजाअनुसार अघिल्लो गणनाको तुलनामा ७४ वटा बाघ बढेका हुन्। यसअघिको गणनामा नेपालमा ३५५ वटा पाटेबाघ थिए।

गत वर्ष पुसको पहिलो सातादेखि सुरु गरिएको बाघ गणनाको अन्तिम नतिजाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या १४५ पुगेको छ। यसअघि चितवनमा १२८ वटा बाघ रहेका थिए। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ बाट बढेर ७१ पुगेको छ। त्यस्तै बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट बढेर ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाट बढेर ५० पुगेको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १२५ बाट घटेर ११२ मा सीमित भएको छ।

Advertisement

तथ्यांकअनुसार चितवनमा १७, पर्सामा ३०, बाँकेमा २६ र शुक्लाफाँटामा १४ वटा बाघ थपिएका छन्। बर्दियामा भने १३ वटा बाघ घटेका छन्। बाँके-बर्दिया कम्प्लेक्सअन्तर्गत ६ वटा ब्लकमा क्यामेरा ट्र्यापिङ विधिबाट बाघको तस्बिर लिइएको थियो। जसअन्तर्गत बर्दिया क्षेत्रका ३, बाँकेका २ र दाङका १ गरी ६ ब्लकमा क्यामेरा राखिएको थियो।

उक्त गणनाका लागि बर्दियाका ४५५, बाँकेका ३४८ र दाङका ९८ गरी कुल ९०१ ग्रिडमा प्रतिग्रिड दुई वटाका दरले १८ सय २ वटा क्यामेरा प्रयोग गरिएको थियो। पुसको पहिलो साता सुरु भएको गणना चैत अन्तिममा सकिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेलले बताए।

बाँकेमा बाघको संख्या शतप्रतिशत बढेर दोब्बर हुनुमा बासस्थान संरक्षण, आहारा प्रजातिको सुलभता, चोरी शिकार नियन्त्रण र समुदायको सचेतना प्रमुख कारण रहेको कँडेलले बताए। अबको मुख्य चुनौती मानव-बाघ द्वन्द्व न्यूनीकरण रहेको र सबैको सहकार्यबाट सहअस्तित्व कायम गर्न सकिने उनको भनाइ छ।

बाघको अवस्था, आहारा प्रजातिको घनत्व र बासस्थानको मापन गरी दीगो संरक्षणका लागि हरेक ५ वर्षमा बाघ गणना गर्ने गरिन्छ। सन २०१० को सेन्ट पिटर्सवर्ग सम्मेलनको प्रतिबद्धताअनुसार नेपालले बाघ संरक्षणमा लगातार सफलता हासिल गरिरहेको छ।

तपाइको प्रतिक्रिया
मिर्गौला फेल भएकी भुटानी शरणार्थीको उपचारका लागि बाटो फुकाउन सर्वोच्चको आदेश
सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण
प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा वाग्ले तथा सुब्बा सर्वसम्मत अनुमोदन
सवारी साधनको दर्ता वर्षका आधारमा जाँचिनेछ सवारी प्रदूषण
नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो
सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न अपिल
देवानगन्ज घटनाका मृतक परिवारलाई २ लाख दिने कोशी सरकारको निर्णय
बनारसको सम्पूर्णानन्द विश्वविद्यालयमा सापकोटालाई २ स्वर्णपदक
नेपाल टेलिकमका सबै टावरमा विद्युत् पुर्‍याउन निर्देशन
१६ वर्ष पुगेकालाई मतदान अधिकार दिन रास्वपाको प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×