
काठमाडौं। स्थानीय बजारमा बिहीबार सुनको मूल्य केही बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो।
चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। मङ्गलबार पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ नै थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार ७६ अमेरिकी डलर र प्रतिऔँस चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



















