ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ११:५२

काठमाडौं। विद्युतीय गाडी (ईभी) हरू लगातार दुर्घटनामा पर्न थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि छुट्टै ट्रायल परीक्षाको प्रस्ताव गरेको छ।

ईभी चलाउन छुट्टै क्याटागोरी थपेर ट्रायल परीक्षा उत्तीर्ण गरेपछि मात्र लाइसेन्स दिने व्यवस्थाका लागि यातायात व्यवस्था विभागसँग छलफल भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए। ईभी गाडीको प्राविधिक पक्षसँग चालकहरू अभ्यस्त नहुँदा दुर्घटना बढेको निष्कर्ष ट्राफिक प्रहरीको छ।

Advertisement

यसैबीच, ट्राफिक प्रहरीले बुधबार अटो क्षेत्रका छाता संस्था नाडा र नाइमाका प्रतिनिधि तथा ईभी आयातकर्ता र डिलरका प्राविधिकहरूसँग छलफल गरेको छ। छलफलका क्रममा गाडी बेच्नुअघि ग्राहक तथा चालकलाई गाडीको यान्त्रिक जानकारी र अनुशिक्षण दिन आयातकर्ताहरूलाई आग्रह गरिएको छ।

काठमाडौँ उपत्यकामा हालसम्म ४२ हजारभन्दा बढी चारपांग्रे ईभी बिक्री भइसकेका छन्। ईभीको तीव्र गति नियन्त्रण गरी दुर्घटना घटाउन गाडीमा ‘स्पिड गभर्नर’ जडान गर्ने विकल्पबारे पनि छलफल भएको छ, जसले गर्दा तोकिएको सीमाभन्दा बढी गतिमा गाडी कुद्न पाउँदैन।

तपाइको प्रतिक्रिया
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
सुनचाँदीको मूल्य बढ्यो 
सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदी घट्यो
दन्किरहेको सुनसरीप्रति सरकारको बेवास्ता : गृहमन्त्री आएनन्, प्रधानमन्त्री बोलेनन्
सद्भाव जोगाउन प्रशासन सक्रिय, मोरङमा बोलाइयो सर्वपक्षीय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×