सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ११:५९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीमा ‘बोलबम’ धार्मिक यात्राका क्रममा भएको आक्रमण र त्यसपछिको परिस्थितिलाई लिएर सरकारको कडा आलोचना गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारूढ दलको विज्ञप्तिमा घटनालाई संवेदनशील र दुःखद भनिए पनि विस्तृत विवरण र पृष्ठभूमिबारे मौन बसेकोमा आपत्ति जनाइन्। दलहरूले घटनाको स्वरूप नै स्पष्ट पार्न नसक्दा जनताले छानबिनमा कसरी विश्वास गर्ने भन्दै उनले प्रश्न गरिन्।

Advertisement

ओलीले सुनसरी घटनामा प्रहरीले चलाएको गोली र त्यसपछि आएका विरोधाभासपूर्ण अभिव्यक्तिको विषय संसद्मा उठाइन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा प्रहरीले गोली चलाएको स्वीकार गरे पनि त्यसको आदेश कसले दियो भन्ने स्पष्ट नभएको उनले बताइन्। स्थानीय मेयरले विद्युत् काटिएपछि गोली चलेको बताउनु, प्रमुख जिल्ला अधिकारीले अनुमति नदिएको भन्नु र प्रहरीले हवाई फायर मात्र गरेको दाबी गर्नुले घटनालाई रहस्यमय बनाएको उनको तर्क थियो। उनले उच्चस्तरीय आयोगमार्फत ‘फास्ट ट्रयाक’ बाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।

ध्वनि नियन्त्रणको बहानामा धार्मिक हिंसा दबाउन खोजिएको भन्दै ओलीले मोरङ प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाइन्। उनले ध्वनि नियन्त्रण गर्ने हो भने सबै धर्म र समुदायका लागि समान मापदण्ड हुनुपर्ने र यस्ता अदूरदर्शी निर्णयले इगो पैदा गर्ने खतरा औंल्याइन्।

नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेपछि धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढेको दाबी गर्दै ओलीले संवैधानिक राजसंस्था हुँदा देश बढी सन्तुलित र सहिष्णु रहेको तर्क गरिन्। बाह्य स्रोतबाट हुने धर्मान्तरण र रोहिंग्या, सोमाली तथा पाकिस्तानी शरणार्थीको अवैध प्रवेशले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपेको भन्दै यसबारे आवाज उठाउँदा आफूहरूलाई ‘अतिवादी’ को बिल्ला भिराउन खोजिएकोमा आपत्ति जनाइन्।

तराई-मधेसमा हुने धार्मिक तनावको समाधान केवल प्रहरी, सेना या कर्फ्युबाट सम्भव नहुने भन्दै उनले स्थानीय स्तरमा सर्वदलीय संयन्त्र र धार्मिक अगुवाहरूलाई सहभागी गराई संवाद थाल्न सुझाव दिइन्। प्रत्येक नेपालीले निर्भयपूर्वक धर्म र संस्कृतिको अभ्यास गर्न पाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई अभिभावकीय भूमिका निर्वाह गर्न र सामाजिक सद्भाव जोगाउन उनले आग्रह गरिन्।

तपाइको प्रतिक्रिया
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
सुनचाँदीको मूल्य बढ्यो 
सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदी घट्यो
दन्किरहेको सुनसरीप्रति सरकारको बेवास्ता : गृहमन्त्री आएनन्, प्रधानमन्त्री बोलेनन्
सद्भाव जोगाउन प्रशासन सक्रिय, मोरङमा बोलाइयो सर्वपक्षीय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×