
विराटनगर। सिरहाको गोलबजार क्षेत्रमा आन्दोलन र हुलदङ्गाका कारण शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।
पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका वडा ३ स्थित कसहा खोलादेखि पश्चिम चोहर्वा चौकसम्म र उत्तरमा वडा नं। ६ को सैनिक चौकदेखि दक्षिणमा वडा ४ को राप्रराप्र बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा कर्फ्युको पूर्ण पालना गरी जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको छ। आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

























