
जनकपुर। सुनसरीको घटनालाई लिएर प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रका साथै लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रहरूमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको छ।



















