सुनसरी घटनाको विरोधमा काठमाडौंमा आमरण अनशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १५:४५

काठमाडौं। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौंमा आमरण अनशनमा बसेका छन्।

यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनशन सुरु गरेको राष्ट्रिय एकता दलले जनाएको छ।

Advertisement

अनशनस्थलमा सुनसरी घटनामा ज्यान गुमाएका युवाको तस्बिर राखेर श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउन माग गरिएको छ। सहभागीहरूले सरकारले घटनालाई सामान्य रूपमा लिन खोजेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

अनशन सुरु गर्दै अध्यक्ष यादवले सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरेको आरोप लगाउँदै न्याय प्राप्त नभएसम्म आन्दोलन नरोकिने बताए। उनले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

राष्ट्रिय एकता दलले मृतकलाई सहिद घोषणा गर्नुपर्ने र घाइतेहरूको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरू सरकारसमक्ष राखेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×