सिरहा झडपमा १ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १६:२१

लाहान । सिरहामा बिहीबार भएको झडपका क्रममा गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।

सिरहाको औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

Advertisement

‘मृत्यु भएको खबर आएको छ। औरही गाउँपालिका-२ का गणेश यादवको निधन भएको खबर पाएका छौँ,’ बरालले भने।

घटनापछि सिरहाका विभिन्न संवेदनशील क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भए पनि क्षेत्र तनावग्रस्त रहेको प्रशासनले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×