गृहमन्त्री सुनसरी आउने हल्ला, सुरक्षा निकाय भन्छ– ‘थाहा छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १७:२९

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ स्थलगत अनुगमनका लागि सुनसरी आउने हल्ला चलेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेपछि गृहमन्त्री गुरुङ सुनसरी आउने चर्चा चलेको हो । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्री सुनसरीका जनप्रतिनिधिसँग समन्वय गर्दै घटनास्थलतर्फ जाने तयारीमा रहेको बताए ।

Advertisement

गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बन्दै गएको छ । मृत्यु हुनेको संख्या बिहीबारसम्म दुई पुगिसकेको छ । उक्त घटनाको विरोधमा उत्रिएका समूहमाथि गोली चलाउँदा सिराहमा पनि बिहीबार एक किशोरको मृत्यु भएको छ ।

देवानगन्जका बासिन्दाले गृहमन्त्री घटनास्थल नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । ‘अरु कुरा हैन । गृहमन्त्रीले घटनास्थल आएर समन्वय गर्नुपर्छ । मृतकलाई सहिद घोषणा, उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको प्रतिबद्धता जनाउनुपर्छ । गाउँमा भइरहेको अराजकता रोकिनुपर्छ । अनि मात्रै हाम्रो आन्दोलन बन्द हुन्छ,’ स्थानीय भन्छन् ।

देवानगन्ज घटनालाई बेवास्ता गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको तीव्र आलोचना भइरहेको छ । सुनसरीमा जताततै हिंसा भड्किँदा पनि सरकारले बेवास्ता गरेको र मधेशमा समेत आन्दोलन चर्किएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

गृहमन्त्रीले सुनसरी भ्रमणका क्रममा घटनास्थलको वस्तुस्थिति बुझ्ने, सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने तथा पछिल्लो अवस्थाका बारेमा जानकारी लिने बताइन्छ । तर, सुरक्ष निकायले भने गृहमन्त्री आउने कुरा थाहा नभएको बताएको छ ।

साथै, गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने बताइएको छ । उनी बिहीबार नै सुनसरी आउने हल्ला चले पनि सरकारले आधिकारिक जानकारी गराएको छैन । सुरक्षा निकायले पनि थाहा नभएको प्रतिक्रिया दिएको छ ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले गृहमन्त्री आउने जानकारी प्रहरीलाई नभएको बताए । ‘गृहमन्त्री ज्यू सुनसरी आउने कुरा मैले पनि मिडियामार्फत थाहा पाएको हुँ । हामीलाई आधिकारिक जानकारी छैन । गृहमन्त्री ज्यू आउनु हुने भएपछि त थाहा हुनुपर्ने हो । तर, अहिलेसम्म केही पनि थाहा छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता, विराटनगरमा टोलीको बिदाइ
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता, विराटनगरमा टोलीको बिदाइ
शिक्षा र स्वास्थ्यको ‘समता शुल्क’ असुल भइसकेको रकम १५ दिनभित्र फिर्ता गरिने
कप्तानगन्ज गोलीकाण्डका दुई जना घाइतेलाई काठमाडौं लैजाने तयारी
सुनसरी र सिरहा घटना: न्यायिक आयोग गठन गर्न  माग
'देश प्रयोगशालामा सीमित भयो, अब निषेध र प्रतिशोधको राजनीति अन्त्य गरौँ' : पूर्वराजा
एकता र मेलमिलाप कायम राख्न पूर्वराजाको अपिल
सुनसरी र सिरहा घटनाप्रति ओली: संवादबाट समाधान खोज्न अपिल
गृहमन्त्री विराटनगर आएर सुनसरी जाने, उड्न लाग्यो जहाज
मधेशका ३ जिल्लामा कर्फ्यु, पर्सामा निषेधाज्ञा
तराईमा बढेको अशान्तिप्रति उद्योग वाणिज्य महासंघको चिन्ता
राहदानी ऐन संशोधन विधेयक प्रतिनिधि सभामा पेस
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×