
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बिहीबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सुनसरी देवानगन्जको कप्तानगन्ज घटनापछि विकसित पछिल्लो घटनाक्रमलाई केन्द्रमा राखेर उनले सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले बतयो । सम्बोधनको तयारी भइरहेको छ ।
कप्तानगन्ज गोलीकाण्डमा सरकारको भूमिकालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । सबैतिर अवस्था तनावग्रस्त बन्दै जाँदा पनि प्रधानमन्त्री मौन बसेको भन्दै उनको पनि विरोध भइरहेको छ ।

























