राष्ट्रपति पौडेलद्वारा सद्भाव र शान्ति कायम गर्न अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १७:५५

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा जातीय सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन्।

बिहीबार एक अपिल जारी गर्दै राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका छन्। ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।

Advertisement

राष्ट्रपति पौडेलले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न सरकारले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरेका छन्।

अपिलमा उनले थप भनेका छन्, ‘यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु।’

उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन आग्रह गरेका छन्। साथै, घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

तपाइको प्रतिक्रिया
मृतकका परिवारलाई १०-१० लाख राहत दिइने, सहिद घोषणा गर्न सिफारिस
विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको कप्तानगन्ज जाँदै
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न मधेसकेन्द्रित दलहरूको माग
मधेस प्रदेशमा प्रदर्शन चर्किएपछि थप प्रहरी परिचालन
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता, विराटनगरमा टोलीको बिदाइ
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता
शिक्षा र स्वास्थ्यको ‘समता शुल्क’ असुल भइसकेको रकम १५ दिनभित्र फिर्ता गरिने
कप्तानगन्ज गोलीकाण्डका दुई जना घाइतेलाई काठमाडौं लैजाने तयारी
सुनसरी र सिरहा घटना: न्यायिक आयोग गठन गर्न  माग
'देश प्रयोगशालामा सीमित भयो, अब निषेध र प्रतिशोधको राजनीति अन्त्य गरौँ' : पूर्वराजा
एकता र मेलमिलाप कायम राख्न पूर्वराजाको अपिल
सुनसरी र सिरहा घटनाप्रति ओली: संवादबाट समाधान खोज्न अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×