सुनसरी र सिरहा घटनाप्रति ओली: संवादबाट समाधान खोज्न अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १८:०९

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकासहित विभिन्न जिल्लामा उत्पन्न तनावग्रस्त परिस्थितिको तत्काल संवादमार्फत समाधान खोज्न अपिल गरेका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पछिल्ला घटनामा राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यसक्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको दुःखद निधन एवं अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

Advertisement

यस जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूलाई संयमता र सामाजिक सद्भाव कायम राख्न उनले आग्रह गरेका छन्।

‘नागरिकहरूबिचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो,’ ओलीले भनेका छन्, ‘जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता–कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु।’

अध्यक्ष ओलीले नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व भएको बताएका छन्।

‘तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शङ्कास्पद एवं भर्त्सनायोग्य छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्, ‘हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु।’

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेकोमा उनले जोड दिएका छन्। साथै उनले राष्ट्रिय एकता र शान्तिका लागि आह्वान समेत गरेका छन्।

‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन। संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ,’ ओलीले भनेका छन्, ‘राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि सङ्कट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु।’

तपाइको प्रतिक्रिया
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
गृह मन्त्रालयद्वारा मुस्लिम आयोग र हिन्दुवादी संस्थासँग छलफल
कप्तानगन्ज गोलीकाण्ड : घाइतेको शरीरबाट निकालियो गोली, फरेन्सिक परीक्षणबाट खुल्नेछ रहस्य
मृतकका परिवारलाई १०-१० लाख राहत दिइने, सहिद घोषणा गर्न सिफारिस
विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको कप्तानगन्ज जाँदै
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न मधेसकेन्द्रित दलहरूको माग
मधेस प्रदेशमा प्रदर्शन चर्किएपछि थप प्रहरी परिचालन
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता, विराटनगरमा टोलीको बिदाइ
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता
शिक्षा र स्वास्थ्यको ‘समता शुल्क’ असुल भइसकेको रकम १५ दिनभित्र फिर्ता गरिने
कप्तानगन्ज गोलीकाण्डका दुई जना घाइतेलाई काठमाडौं लैजाने तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×