एकता र मेलमिलाप कायम राख्न पूर्वराजाको अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १८:१२
'देश प्रयोगशालामा सीमित भयो, अब निषेध र प्रतिशोधको राजनीति अन्त्य गरौँ' : पूर्वराजा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।

सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू-भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बिहीबार जारी ‘सद्भाव सन्देश’ मा उनले उल्लेख गरेका छन्।

Advertisement

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा पूर्वराजा शाहले नेपालको निर्माणकालदेखि नै यहाँका विभिन्न जातजाति, भाषा र धर्मावलम्बीहरू एकापसमा मिलेर बस्दै आएको स्मरण गराएका छन्। नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ-आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै विश्वमा नेपालको प्रतिष्ठा कायम रहेको उनको भनाइ छ। यो विशिष्ट गौरव र गरिमालाई कसैबाट पनि खलल पुर्‍याउने काम हुन नहुनेमा उनले जोड दिएका छन्।

समाजका सबै समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताको विषय भएको पूर्वराजाले बताए। यस्ता गतिविधिहरू नेपालको मौलिक मूल्य र मान्यता विपरीत रहेको उल्लेख गर्दै उनले जुनसुकै भू-भागमा रहेका नेपालीहरूलाई पनि एकापसमा मिलेर बस्न आग्रह गरेका छन्।

‘हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ। उनले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

तपाइको प्रतिक्रिया
सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन
‘दर्दनाक अवस्था नदोहोरियोस्’
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
गृह मन्त्रालयद्वारा मुस्लिम आयोग र हिन्दुवादी संस्थासँग छलफल
कप्तानगन्ज गोलीकाण्ड : घाइतेको शरीरबाट निकालियो गोली, फरेन्सिक परीक्षणबाट खुल्नेछ रहस्य
मृतकका परिवारलाई १०-१० लाख राहत दिइने, सहिद घोषणा गर्न सिफारिस
विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको कप्तानगन्ज जाँदै
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न मधेसकेन्द्रित दलहरूको माग
मधेस प्रदेशमा प्रदर्शन चर्किएपछि थप प्रहरी परिचालन
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता, विराटनगरमा टोलीको बिदाइ
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×