सुनसरी र सिरहा घटना: न्यायिक आयोग गठन गर्न  माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १८:१५

काठमाडौं। उज्यालो नेपाल पार्टी (उनेपा) ले सुनसरीको देवानगन्जस्थित कप्तानगञ्जबाट सुरु भई सिरहाको गोलबजारलगायत अन्य क्षेत्रमा फैलिएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका मुख्य सचिव डा. राजु थापाद्वारा बिहीबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

Advertisement

नेपाल विविधता, सहिष्णुता र सामाजिक सद्भावको आधारमा बनेको राष्ट्र भएकाले कुनै पनि विवादको समाधान हिंसा, तोडफोड वा आगजनीबाट हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ। यस्ता गतिविधिले निर्दोष नागरिकलाई पीडा पुर्‍याउने, समाजमा अविश्वास बढाउने र राष्ट्रिय एकतालाई कमजोर बनाउने पार्टीको ठम्याइ छ।

उज्यालो नेपाल पार्टीले घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न, घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा सर्वपक्षीय संवादमार्फत सामाजिक सद्भाव कायम गर्ने संयन्त्र निर्माण गर्न सरकारसमक्ष जोडदार माग गरेको छ।

पार्टीले आफ्ना नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकलाई प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव कायम राख्दै पीडित र घाइतेहरूको सहयोगमा सक्रिय रूपमा जुट्न आग्रह गरेको छ। साथै, सम्पूर्ण नागरिक, राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमलाई संयम अपनाउन, अफवाह र उत्तेजनाबाट टाढा रहन तथा शान्ति, सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकताको पक्षमा जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

तपाइको प्रतिक्रिया
कोशी र मधेसका सांसदलाई जिल्ला फर्किएर सद्भाव कायम गर्न लामिछानेको निर्देशन
सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन
‘दर्दनाक अवस्था नदोहोरियोस्’
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
गृह मन्त्रालयद्वारा मुस्लिम आयोग र हिन्दुवादी संस्थासँग छलफल
कप्तानगन्ज गोलीकाण्ड : घाइतेको शरीरबाट निकालियो गोली, फरेन्सिक परीक्षणबाट खुल्नेछ रहस्य
मृतकका परिवारलाई १०-१० लाख राहत दिइने, सहिद घोषणा गर्न सिफारिस
विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको कप्तानगन्ज जाँदै
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न मधेसकेन्द्रित दलहरूको माग
मधेस प्रदेशमा प्रदर्शन चर्किएपछि थप प्रहरी परिचालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×