
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको ‘समता शुल्क’ पूर्ण रूपमा छुट दिएको छ। अर्थ मन्त्रालयले सो शुल्क छुट दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ। यसअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सो शुल्क छुट हुने घोषणा गरेका थिए।
राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल भइसकेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित व्यक्तिलाई फिर्ता दिइनेछ। सो अवधिभित्र फिर्ता गर्न सम्भव नभएमा भने उक्त रकम सङ्घीय सञ्चित कोषमा दाखिला गरिने मन्त्रालयले जनाएको छ।
सरकारले चालु आवको आर्थिक विधेयकमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा ३/३ प्रतिशत समता शुल्क लिनेगरी नयाँ कर थपेको थियो। चौतर्फी व्यापक आलोचना र विरोधपछि सरकार यो कर फिर्ता लिन बाध्य भएको हो।

























