उच्चस्तरीय न्यायिक आयोग गठन गर्न मधेसकेन्द्रित दलहरूको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १८:४३

विराटनगर। सुनसरीको देवानगन्जमा भएको झडप र त्यसपछिको स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विभिन्न मधेसकेन्द्रित दल तथा नेताहरूले निष्पक्ष छानबिन र उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठनको माग गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष जयकान्त राउत, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै सरकारसँग ८ बुँदे माग अघि सारेका हुन्।

Advertisement

उनीहरूले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरेका छन्।

विज्ञप्तिमा देवानगन्ज घटनाका मृतकलाई अविलम्ब सहिद घोषणा गरी क्षतिपूर्ति र परिवारका लागि दीर्घकालीन रोजगारीको व्यवस्था गर्न आग्रह गरिएको छ। मधेसका विभिन्न क्षेत्रमा दोहोरिँदै आएका तनावपूर्ण घटनाहरू मधेसलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास हो कि भन्ने आशङ्का बढेकाले यसको समेत निष्पक्ष अनुसन्धान हुनुपर्ने उनीहरूको भनाइ छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भएको बल प्रयोग तथा दमनको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र दमनमा संलग्न अधिकारीहरूलाई छानबिन अवधिभर निलम्बन गरिनुपर्ने माग वक्तव्यमा गरिएको छ। साथै, सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिएको छ।

दलहरूले संयमता, धैर्य र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नागरिकसँग अपिल गर्दै कुनै पनि भ्रम वा उत्तेजनाको पछि नलाग्न अनुरोध गरेका छन्।

तपाइको प्रतिक्रिया
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
सिरहामा प्रहरीले उठायो मृतकको शव, प्रदर्शन जारी
कोशी र मधेसका सांसदलाई जिल्ला फर्किएर सद्भाव कायम गर्न लामिछानेको निर्देशन
सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन
‘दर्दनाक अवस्था नदोहोरियोस्’
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
गृह मन्त्रालयद्वारा मुस्लिम आयोग र हिन्दुवादी संस्थासँग छलफल
कप्तानगन्ज गोलीकाण्ड : घाइतेको शरीरबाट निकालियो गोली, फरेन्सिक परीक्षणबाट खुल्नेछ रहस्य
मृतकका परिवारलाई १०-१० लाख राहत दिइने, सहिद घोषणा गर्न सिफारिस
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×