विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको कप्तानगन्ज जाँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १९:०२

विराटनगर । गृहमन्त्री सुधन गुरुङ अहिले साँझ विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजमार्फत विराटनगर विमानस्थलमा ओर्लिएका उनी सिधै सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जतर्फ जानेछन् ।

गृहमन्त्री आएसँगै मोरङ र सुनसरीको सुरक्षा व्यवस्था कडा पारिएको छ । कप्तानगन्जमा पुगेर उनले गोलीकाण्ड भएको घटनास्थलको स्थलगत अनुगमन गर्ने छन् । गृहमन्त्रीले सुनसरी भ्रमणका क्रममा घटनास्थलको वस्तुस्थिति बुझ्ने, सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने तथा पछिल्लो अवस्थाका बारेमा जानकारी लिने बताइन्छ ।

Advertisement

गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई पनि भेट्ने बताइएको छ । गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बन्दै गएको छ ।

मृत्यु हुनेको संख्या बिहीबारसम्म दुई पुगिसकेको छ । उक्त घटनाको विरोधमा उत्रिएका समूहमाथि गोली चलाउँदा सिराहमा पनि बिहीबार एक किशोरको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.