कोशी र मधेसका सांसदलाई जिल्ला फर्किएर सद्भाव कायम गर्न लामिछानेको निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १९:३३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा पुगेर सामाजिक सद्भाव कायम राख्ने काममा जुट्न निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारमा कोशी र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई आकस्मिक रूपमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्।

बैठकपछि सांसद रहवर अन्सारीले सुनसरी घटनापछि विकसित अशान्त अवस्थाबारे सभापति लामिछानेले जानकारी लिँदै सद्भाव कायम राख्न समन्वयकारी भूमिका निर्वाह गर्न भनेको जानकारी दिए। ‘यो घटनाको अपनत्व लिएर पार्टीका सबै सांसदहरू यहाँ बसेर होइन, आ-आफ्ना क्षेत्र र जिल्लामा गएर कसरी समन्वयकारी भूमिका निर्वाह गर्न सकिन्छ, त्यसमा लाग्नुस् भनेर उहाँले भन्नुभयो,’ अन्सारीले भने।

Advertisement

सभापति लामिछानेले गाउँ-टोलसम्म सद्भावको सन्देश पुर्‍याउन र बाहिरी तत्त्वहरूले सामाजिक सद्भाव भड्काउन खोजेका भए त्यसलाई मत्थर पार्न सक्रिय हुन निर्देशन दिएको अन्सारीले बताए। निर्देशन अनुसार सांसदहरू अब आ-आफ्नो क्षेत्रमा खटिएर राज्यका संयन्त्रहरूसँग सहकार्य गर्दै काम गर्ने भएका छन्। गोली चल्नु र ज्यान जानु दुःखद् दुर्घटना भएको उल्लेख गर्दै सांसद अन्सारीले सामाजिक सद्भाव जोगाएर देशलाई एक राख्नु सबैको साझा दायित्व रहेको बताए।

तपाइको प्रतिक्रिया
उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु
तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल
डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
सिरहामा प्रहरीले उठायो मृतकको शव, प्रदर्शन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×