घाइते सहायक हवल्दारको विराटनगरको नोबेल अस्पतालमा उपचार हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ०७:४९

सिरहा । सिरहामा ड्युटीमा रहेका एक जना प्रहरी सहायक हवल्दार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत सहायक हवल्दार नारद परियार घाइते भएका हुन् ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार घाइते परियारलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । प्रारम्भिक जानकारीअनुसार ड्युटी सकेपछि पोसाक फुकाल्ने क्रममा उनको तिघ्राबाट रगत बगेको देखिएको थियो ।

Advertisement

गोली लागेको आशंकामा उपचार सुरु गरिएको छ । तर, चिकित्सकले भने गोली लागजस्तो नदेखिएको बताएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

घाइते सहायक हवल्दार परियारको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ‘कुनै हिसाबले चोट लागेको हुन सक्छ । गोली लागेको भनेर अहिलेसम्म यकिन गर्न सकिएको छैन,’ एक चिकित्सकले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×