मोरङ ग्रामथानको फलैँचामा पुरुषको शव फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ०७:५६

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ विशाल चोकस्थित सडक छेउमा राखिएको फलैँचामा एक जना पुरुषको शव फेला परेको छ ।

स्थानीयले अन्दाजी ५५ देखि ६० वर्ष उमेरका तराई मूलका जस्तो देखिने पुरुष घोप्टो परेर मृत अवस्थामा रहेको जानकारी बिहीबार राति करिब १०ः१० बजेतिर प्रहरीलाई दिएका छन् । त्यसलगत्तै इलाका प्रहरी कार्यालय हरैँचाबाट सई मोतीराज दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

Advertisement

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । हालसम्म मृतकको पहिचान खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरुषको मृत्यु के कारणले भएको हो भन्ने पनि यकिन छैन । साथै, मृतकको पहिचान खुल्न बाँकी रहेकाले आफन्त भेटिएमा तत्काल जानकारी दिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×