आईजीपीको अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ०८:०१

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अफवाह, उत्तेजक अभिव्यक्ति र द्वेषपूर्ण प्रचारप्रसारबाट टाढा रहन सबै नागरिकलाई अपिल गरेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत आईजीपी कार्कीले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच एकतामा बाँधिएको देश भएको उल्लेख गर्दै सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । उनले पछिल्ला दिनमा विशेषगरी पूर्वी तराईलगायत केही क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने, डर–त्रास फैलाउने र समाजमा तनाव सिर्जना गर्ने गतिविधि देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

Advertisement

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्यले कसैको हित नगर्ने उनको भनाइ छ । यस्ता गतिविधिले समाजमा अविश्वास, विभाजन र अस्थिरता बढाउने भएकाले सबैले विवेक, संयम र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने उनले बताए ।

आईजीपी कार्कीले शान्ति, सुरक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न नेपाल प्रहरीलाई सहयोग गर्न सम्पूर्ण नागरिकसँग अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×