कुवेत आक्रमणमा तेह्रथुमका तामाङको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १०:४८

काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोम कुमार तामाङको निधन भएको हो ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार भएको ड्रोन आक्रमणमा तामाङको ज्यान गएको हो । घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको छ ।

Advertisement

राजदूतावासले विज्ञप्ति जारी गर्दै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ ।

पछिल्लो विकसित परिस्थितिलाई ध्यानमा राख्दै राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गर्न, संयमित हुन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×