हिमपहिरोमा बेपत्ता हुनेमध्ये ६ जना नेपाली आरोही

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ११:०९

काठमाडौं। उत्तरी पाकिस्तानमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरो जाँदा प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ । टोलीमा रहेका ६ जना नेपालीसहित १० जना आरोहीसँग सम्पर्क टुटेको छ ।

पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति विज्ञप्ति जारी गर्दै हिमपहिरोमा परेपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीसँग सम्पर्क हुन नसकेको जनाएका छन् ।

Advertisement

सम्पर्कविहीन हुने टोलीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युकता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । यस्तै टोलीमा एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही पनि समावेश छन् ।

घटनापछि पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले सरकारी निकायसँग समन्वय गर्दै तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×