धनुषामा मृत भेटिएका पुजारी होइनन्, धार्मिक विवादसँग नजोड्न आग्रह

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ११:२५

काठमाडौं। धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको छ । बिहीबार राति ४० वर्षीय बन्ठु राउत कडेरी हनुमान मन्दिर परिसरमा मृत भेटिएका थिए । सुतेको अवस्थामा मृत भेटिएका उनको शरीरमा चोट लागेको छ ।

धनुषाको हंसपुर नगरपालिका–३ मल्हेनीया घर भएका बन्ठु राउत कडेरीको घटना विशुद्ध आपराधिक व्यक्तिहरूबाट भएको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले बताए । विज्ञप्ति जारी गर्दै डीएसपी न्यौपानेले घटनालाई धार्मिक विवादसँग नजोडी शान्ति कायम राख्नेतर्फ सहयोग गर्न अपिल गरेका छन् ।

कडेरी सो क्षेत्रमा घुमी हिँड्ने व्यक्ति भएको खुलेको छ । तालिमप्राप्त कुकुर परिचालन गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । उनको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।

यस्तो छ प्रहरीको विज्ञप्ति

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×