
काठमाडौं। जनकपुरधाममा कर्फ्युको कारण रेल सेवा बन्द भएको छ ।
कर्फ्यु आदेशबमोजिम यात्रुहरूको सुरक्षालाई मध्यनजर गरी जयनगर–जनकपुर–भंगहा रेलखण्डअन्तर्गतका रेल सेवा कर्फ्यु आदेश जारी रहुन्जेलसम्मका लागि स्थगन गरिएको हो ।
नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले सूचना जारी गर्दै कर्फ्यु अवधिभर सेवा स्थगन रहने बताएका छन् ।



















