हिमपहिरो: ४ जना आरोहीको शव भेटियो

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन १५, शुक्रबार ११:५८

काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी १० आरोही बेपत्ता भएको स्थानमा ४ जनाको शव भेटिएको छ । विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई) सहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली बेपत्ता छ ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको जानकारी दिएका छन् । यद्यपि, फेला परेका शवहरूको पहिचान भने हुन सकेको छैन ।

अध्यक्ष खानका अनुसार बेपत्ता आरोहीहरूको खोजी तथा उद्धारका लागि आवश्यक उपकरण र उद्धारकर्तासहितका हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.