नेप्सेमा साताको अन्तिम दिन सामान्य सुधार, ४९ अंकको गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १५:४१

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। शुक्रबार परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा बन्द भए पनि समग्र साताभरको कारोबारमा भने बजार ओरालो लागेको छ। गत साता २७३४.६० को विन्दुमा बन्द भएको परिसूचक यो साता करिब ४९ अंकले घटेको हो। सोमबारदेखि बिहीबारसम्म लगातार घटेको बजारले अन्तिम कारोबार दिन लगानीकर्तालाई केही राहत दिएको छ।

शुक्रबारको बजारमा कुल १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। दिनभरिमा ८८ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

Advertisement

कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सर्वाधिक १४.९९ प्रतिशतको वृद्धि देखिएको छ भने लक्ष्मी भ्यालु फण्डका लगानीकर्ताले ८ प्रतिशत नाफा कमाएका छन्। कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर १७ करोड २६ लाख रुपैयाँसहित अग्रस्थानमा रहँदा ग्लोबल आईएमई बैंकको १५ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×