रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २०:१२

विराटनगर । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) विराटनगर च्याप्टरको वार्षिक साधारण सभा विराटनगरमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको आगामी कार्यकाल (सन् २०२६) का लागि रोमन कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारण सभामा सन् २०२५ का अध्यक्ष सञ्जीव सिग्देलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो एक वर्षमा उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास, ज्ञान आदान–प्रदान, सामाजिक उत्तरदायित्व र नेटवर्क विस्तारलाई मुख्य प्राथमिकतामा राखेर काम गरिएको जानकारी दिए ।

Advertisement

अध्यक्ष सिग्देलका अनुसार आफ्नो कार्यकालमा युवा उद्यमीहरूबिच अनुभव साटासाट गर्न प्रेरणादायी अन्तरक्रिया, विभिन्न उद्योगहरूको भ्रमण, साइक्लिङ अभियान र उद्यमशीलता सम्मेलनहरू आयोजना गरिएका थिए । विशेष गरी ‘बन्जारा एग्रो फार्म’ लगायतका उद्योगहरूको भ्रमणले युवा उद्यमीहरूलाई उत्पादन प्रक्रिया र व्यवहारिक व्यवस्थापन बुझ्न सघाउ पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, स्वस्थ जीवनशैली र सामुदायिक एकताका लागि आयोजित ‘कोरा साइक्लिङ’ अभियान र राष्ट्रिय स्तरका युवा उद्यमी सम्मेलनहरूमा च्याप्टरले सक्रिय सहभागिता जनाएको थियो । ती कार्यक्रमहरूले स्थानीय उद्यमीलाई राष्ट्रिय सञ्जालसँग जोड्न र नयाँ व्यावसायिक सम्भावनाहरू खोजी गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
साधारण सभाका अवसरमा अध्यक्ष सिग्देलले उद्यमशीलतालाई केवल व्यवसायमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र नवप्रवर्तनसँग जोडेर विराटनगर र कोशी प्रदेशको उद्यमशील वातावरणलाई ऊर्जाशील बनाउने प्रयास गरिएको बताए ।

साधारण सभाले सन् २०२६ का लागि कट्टेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रितेश खनाल र द्वितीय उपाध्यक्षमा संयम श्रेष्ठ चयन भए । निवर्तमान अध्यक्ष (आईपीपी) को जिम्मेवारीमा सञ्जीव सिग्देल रहने छन् ।

कार्यसमिति सदस्यहरूमा सागरराज ढुंगाना, अर्नेष्ट श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंगिका गिरी, अनुभव ढकाल, श्लोक रिजाल, धिरज शर्मा, हेमन्त अग्रवाल र विकिमा कर्माचार्य रहेका छन् । नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै युवा उद्यमीहरूको हकहित र क्षमता विकासका लागि थप प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जपछि मधेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर किशोरको मृत्यु
उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु
तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल
डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×