स्वर्गभन्दा महान् आफ्नै गाउँ

Share this
689shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ श्रावण १६, शनिबार ०८:३०
स्वर्गभन्दा महान् आफ्नै गाउँ

कहाँ मिल्छ र ! पैसाले संसारमा सबै थोक किन्न ।
आत्मसन्तुष्टि नभए सुखले पनि पार्न सक्छ खिन्न ।
जतिसुकै सुन्दर किन न होस् त्यो बिरानो ठाउँ ।
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ ।

परदेशमा आफ्नो रहर बेचेर के कमाउँछौ अनि !
आफ्नै माटोमा बाँचे पो हुन्छौँ है संसारकै धनी ।
गोर्खालीको सन्तान हौँ हामी गोर्खाली हो नाउँ ।
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ ।

सबै जना मिलेर अघि बढे मान्नु पर्दैन कुनै डर ।
एकताको शक्ति देखाउन कसौँ है अब कम्मर ।
पाउँदिन यस्तो शान्ति म विश्वको जताततै जाऊँ ।
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ ।

अग्ला शिखर, विशाल पहाड, ठुला ठुला भीर ।
चढ्न सक्ने क्षमता भएका हामी नै हौँ आखिर ।
ओखती यही हरियो वनमा छ लागे पनि घाउ ।
स्वर्गभन्दा महान् हुन्छ आफू हुर्किएको गाउँ ।

हेटौँडा (मकवानपुर)

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×