सांकेतिक तस्बिर : एआई ।विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले शनिबार राति चारवटा गोरु नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएको गोरु धनपालथान गाउँपालिका–७ हरकपुरबाट राति १०ः३० बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको गस्ती टोलीलाई देख्नसाथ गोरु तस्करीमा संलग्न दुई जना भारततिर फरार भएका थिए ।
गोरु नियन्त्रणमा लिएर प्रहरी चौकी गडेरियामा राखिएको छ । गोरु भारत लैजाँदै गरेकाहरुको खोजी तीव्र पारेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गोरुको मूल्य अन्दाजी २ लाख रूपैयाँ रहेको बताइएको छ ।



















