उर्लाबारीको खोलामा भेटियो माझीको शव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ०९:२२

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित राम्री खोलामा आइतबार बिहान एक जना मृत फेला परेका छन् ।

उर्लाबारी–१ का अन्दाजी ४७ वर्षीय लक्ष्मण माझीको शव फेला परेको प्रहरीले जनाएको छ । खोलाभित्र घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको जानकारी प्रहरीले बिहान ६ः४५ बजेतिर प्राप्त गरेको थियो ।

Advertisement

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । मृत फेला परेका माझी शनिबार साँझ ५ बजेदेखि सम्पर्कविहीन बनेको परिवारले जनाएको छ ।

भोलिपल्ट बिहान डुबिरहेको अवस्थामा खोलाभित्र शव फेला परेको हो । उनको निधारमा चोट देखिएको छ । मृत्यु खोलाले बगाएर भएको हो कि घटनाको अन्य कुनै कारण छ भन्ने बारेमा विस्तृत अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.