गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ११:४४

एजेन्सी । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण रोकिएको छैन। शनिबार रातभर भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो। उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन्।

Advertisement

यद्यपि इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। एएफपीका अनुसार इजरायली राजनीतिक स्रोतले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने बताए। गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवन निशानामा परेका थिए।

मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा आक्रमण गर्दा श्रीमान्‌-श्रीमतीको मृत्यु भयो भने अन्य केही व्यक्ति घाइते भए।

गाजा सहरको पश्चिममा रहेको अर्को अपार्टमेन्टमा आक्रमण हुँदा एक वृद्ध र एक बालकको ज्यान गयो। त्यसैगरी दक्षिणी गाजाको खान युनिसको उत्तर–पश्चिममा भएको अर्को आक्रमणमा एक बालकसहित तीन जनाको मृत्यु भयो।

यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको थियो। ती आक्रमणका क्रममा एउटा अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुग्नुका साथै भवनको छतसमेत निशानामा परेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×