बाढीपछि पर्यटन पुनरुत्थानमा अन्तर्राष्ट्रिय पहल

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १०:४९

काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले अन्तर्राष्ट्रिय पहल थालेको छ। पाटा नेपालले आयोजना गरेको ‘क्राइसिस टु रिकभरी’ कार्यक्रममा भोटेकोशी करिडोर आसपासका प्रभावित क्षेत्रबाहेक नेपालका अन्य प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश दिइएको छ।

कार्यक्रममा इ–टुरिजम फ्रन्टियर्सकी प्रमुख कार्यकारी अधिकृत तथा पाटा फाउन्डेसनकी ट्रस्टी सारा म्याथ्युजले विपद्पछि पर्यटन क्षेत्रमा देखिएको नकारात्मक धारणा हटाउन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सही सूचना प्रवाह गर्नुपर्ने बताइन्। डिजिटल प्लेटफर्ममा फैलिने भ्रामक सूचनाले पर्यटकको धारणा र बुकिङमा असर पार्न सक्ने भन्दै उनले वास्तविक अवस्थाको जानकारी विश्वभर पुर्‍याउनुपर्नेमा जोड दिइन्।

Advertisement

म्याथ्युजले पाटा फाउन्डेसनले ‘नेपाल टुरिजम रिकभरी फन्ड’ स्थापना गरेको जानकारी दिँदै बाढी प्रभावित क्षेत्रका पथप्रदर्शक, पोर्टर, सवारी चालक तथा होमस्टे र लज सञ्चालकलाई प्रत्यक्ष सहयोग गरिने बताइन्।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाइले भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय क्षेत्रमा सिङ्गो नेपाल नै जोखिममा रहेकोजस्तो सन्देश फैलिएको भन्दै त्यसलाई चिर्न अन्तर्राष्ट्रिय विज्ञसहित कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार केही सीमित क्षेत्रमा क्षति भए पनि अन्तर्राष्ट्रिय ट्राभल पोर्टल र बुकिङ एजेन्सीमा फैलिएको गलत सूचनाले पर्यटन व्यवसाय र बुकिङमा असर परेको छ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले पर्यटन उद्योगलाई पुनःलयमा फर्काउन र यसमा निर्भर रोजगारी सुरक्षित गर्न संस्थाले निरन्तर काम गरिरहेको बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×