
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु खुकुलो बनाएको छ। आइतबार सूचना जारी गर्दै गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिएको हो।
स्थानीय परिस्थितिको थप विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिने सम्बन्धमा पुनः सूचित गरिने सूचनामा उल्लेख छ।
त्यस्तै गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दूरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न र कर्फ्यु खुकुलो पारिएको समयमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत सूचित गरिएको छ।

























