राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १३:४२

राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त स्थानहरूमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Advertisement

सूचनाअनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गरेको छ । निषेधाज्ञा अर्को आदेश नभएसम्म कायम रहनेछ ।

तपाइको प्रतिक्रिया
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
सयभन्दा बढी नक्कली उत्पादन कारबाही प्रक्रियामा
तालमा हराएको बिहेको औंठी ‘मेटल डिटेक्टर’को मद्दतले भेटियो
एकसाथ आयो दुई नयाँ म्युजिक भिडियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.