पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १६:४५

विराटनगर । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै पुरानै लयमा फर्किन थालेको छ । केही दिनसम्म कर्फ्यु र सुरक्षा संवेदनशीलताका कारण सुनसान बनेका बजार तथा राजमार्गमा अहिले पुनः चहलपहल देखिन थालेको हो ।

इनरुवा बजार क्षेत्रका अधिकांश व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । बजार खुलेसँगै किनमेलका लागि उपभोक्ताको उपस्थिति पनि बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । केही दिनअघिसम्म सुनसान देखिएको बजारमा अहिले सर्वसाधारणको चाप बढ्दै गएको स्थानीयको भनाइ छ ।

Advertisement

सार्वजनिक यातायात सेवा पनि क्रमशः नियमित बन्दै गएको छ । इनरुवासहित सुनसरीका विभिन्न क्षेत्रबाट छोटो तथा लामो दूरीका सवारी सञ्चालनमा आएपछि यात्रुहरूको आवतजावत सहज हुन थालेको छ । यसअघि यातायात सेवा अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, बिरामी तथा अन्य यात्रुले ठूलो सास्ती भोग्नु परेको थियो ।

विराटनगरबाट काठमाडौं, पोखरा, जनकपुर, वीरगन्जलगायत विभिन्न गन्तव्यका लागि सञ्चालन हुने अधिकांश बस सेवा पनि पुनः नियमित हुन थालेका छन् । यातायात व्यवसायी राजन कँडेलका अनुसार केही पहाडी रुटमा सवारी पहिले नै सञ्चालन भए पनि मधेशतर्फ जाने र पश्चिम नेपालका अधिकांश रुटका बसहरू एक सातासम्म रोकिएका थिए । अहिले सुरक्षा अवस्था सुधार भएसँगै सेवा पुनः सञ्चालनमा आएको उनले बताए ।

साउन १० गते कप्तानगन्जमा भएको गोलीकाण्डपछि सुनसरीसँगै मधेश प्रदेशका सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो । त्यसको प्रत्यक्ष प्रभाव पूर्व–पश्चिम राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक यातायात र दैनिक जनजीवनमा परेको थियो ।

अहिले भने बजार क्षेत्रमा रोकिएका सवारीसाधन फेरि सडकमा फर्किएका छन् । सडकमा सवारीको चाप बढ्दै गएको छ भने व्यापारिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएका छन् । मुख्य बजार, चोक तथा सडक किनारका पसलहरू खुल्न थालेपछि आर्थिक गतिविधिले पनि गति लिन थालेको व्यवसायीहरूको भनाइ छ ।

सुरक्षा निकायको सक्रिय परिचालन, स्थानीय तहबीचको समन्वय तथा सुरक्षा अवस्थाको सुधारसँगै इनरुवा लगायत विभिन्न बजारको वातावरण शान्त र सुरक्षित बन्दै गएको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले बताए । जनजीवन सामान्यतर्फ उन्मुख भएसँगै सर्वसाधारणले पनि राहतको अनुभूति गर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.