सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १७:२५

बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद उत्पन्न भएको छ।

स्थानीयका अनुसार आइतबार दिउँसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरू हतियारसहित गरी ६० जनाको संख्यामा एसएसबीका जवानहरू नेपाली भूमि पसेका थिए। उनीहरूले सुस्ता गाउँपालिका-५ थारु टोलमा बन्दै गरेको १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका हुन्।

Advertisement

भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएका थिए। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएका हुन्। स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारसहित आएकाले रोक्न नसकिएको तर दुवै पक्षबीच भनाभन र विवाद भएको उनले बताए।

यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएपछि काम रोकिएको थियो। सुस्ता नेपाल-भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ। स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक-पटकको हस्तक्षेपका कारण त्यहाँ सीमा विवाद दोहोरिने गरेको छ।

भारतीय पक्षले बाँध भत्काएपछि उत्पन्न तनाव र कुनै अप्रिय घटना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थलमा परिचालन भएको छ।

तपाइको प्रतिक्रिया
डुङ्गामा आगालागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.