सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा जारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १२:०९

विराटनगर । स्थानीय प्रशासनले सुनसरीका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार बिहान १० बजेदेखि लागू हुने गरी देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।

Advertisement

साउन १० गते सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा प्रहरीको गोली लागी दुई जनाको मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो। स्थानीय प्रशासनका अनुसार अहिले भने सो क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.