सुस्ता विवाद राष्ट्रियसभामा: एसएसबीको हस्तक्षेपबारे सरकारको ध्यानाकर्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १३:५६

काठमाडौं । राष्ट्रियसभामा सुस्ता क्षेत्रको सीमा विवाद र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विषय उठेको छ। सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्तामा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँध भारतीय एसएसबीले भत्काउन थालेपछि स्थानीय नागरिक र एसएसबीबिच विवाद उत्पन्न भएको जानकारी दिइन्।

Advertisement

सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको अत्यन्त संवेदनशील विषय भएको भन्दै उनले भावनात्मक प्रतिक्रियाभन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न सरकारसँग माग गरिन्।

सांसद चौधरीले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुरक्षा र उनीहरूको दैनिक जनजीवन सहज बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन्। उनले सुस्तालगायतका सीमा विवादहरूलाई छिमेकी राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादमार्फत नेपालको सार्वभौमिकता र राष्ट्रिय हित प्रतिकूल नहुने गरी दीर्घकालीन समाधान निकाल्न अनुरोध गरिन्।

तपाइको प्रतिक्रिया
सद्भाव कायम राख्न अपिल गर्दै शान्ति समाजको प्रदर्शन
सामाजिक सद्‌भाव, रोजगार र सुकुम्बासी समस्याबारे सांसदहरूको ध्यानाकर्षण
जुलाईमा भित्रिए ७१ हजारभन्दा बढी विदेशी पर्यटक
सुनकोशीमा खसेको कार र ३ जनाको खोजीमा गोताखोर परिचालन
राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ
साढे तीन महिनामा विपद्का ४ हजारभन्दा बढी घटना: १९६ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको पहिरो हटाइयो, दुवैतर्फी यातायात सञ्चालनमा
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
३ दिन भारी वर्षाको सम्भावनाः बाढी र पहिरोको जोखिम उच्च
चिया निर्यात घट्यो: पूर्वी नाकाबाट ३ अर्ब ५२ करोडको निकासी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.