सुनकोसीमा कार खस्यो: चालकसहित ३ जना बेपत्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १४:०५

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित नवलपुरमा सुनकोसी नदीमा खसेको कारमा चालकसहित तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका दिलकुमार लामासहित तीन जना सवार रहेका थिए। लामा मध्यपहाडी लोकमार्गअन्तर्गत मुलकोट खण्डका निर्माण व्यवसायी हुन्। कारमा सवार अन्य दुई जनामध्ये एक जना एस्काभेटर चालक र अर्का एक जना सहयोगी (हेल्पर) रहेको प्रहरीले जनाएको छ।

Advertisement

काठमाडौं बाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको उक्त कारलाई ठक्कर दिँदा कार नियन्त्रण गुमाएर नदीमा खसेको थियो। दुर्घटना लगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी उद्धारमा खटिएका छन्। तर, नदीमा पानीको बहाव र बाढी बढेका कारण उद्धार कार्य प्रभावित बनेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.