सप्तरीको राजविराज र बोदेबर्साइनबाट निषेधाज्ञा हटाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १४:१०

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो।

Advertisement

आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरिएको थियो। उक्त र्‍यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको सहभागिता थियो।

प्रशासनले जिल्लामा हाल शान्ति-सुरक्षाको अवस्था सामान्य बन्दै गएको जनाउँदै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमार्फत अफवाह नफैलाउन र सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन पनि सबैसँग अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.