दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न प्रहरीको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १७:५४
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद मागेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलमार्फत जिल्ला अदालत भक्तपुरसँग म्याद थपको अनुमति मागेको हो।

आइतबार राति भक्तपुरको निकोसेराबाट पक्राउ परेका प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनी संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेलगत्तै उनी पक्राउ परेका थिए।

Advertisement

यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईंले गत वर्ष तीनकुनेमा गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो। पछिल्लो पटक उनी गत जेठ ४ गते पर्साको वीरगन्जबाट समेत पक्राउ परेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.