मधेश घटनाको छानबिन गर्न न्यायिक समिति गठनको माग गर्दै कांग्रेस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १८:३६

काठमाडौं। नेपाली कांग्रेसले कोशी र मधेश प्रदेशमा भएका पछिल्ला घटनाको निष्पक्ष छानबिनका लागि सरकारसँग न्यायिक समिति गठनको माग गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले सुनसरी, सिरहा, धनुषा र पर्साका घटना गम्भीर रहेको निष्कर्ष निकाल्दै न्यायिक समिति बनाउन दबाब दिने निर्णय गरेको हो।

बैठकपछि महामन्त्री प्रदीप पौडेलले कर्मकाण्डी समितिबाट सत्यतथ्य बाहिर नआउने भएकाले स्वतन्त्र छानबिनका लागि न्यायिक समिति गठनको अडान संसद्का दुवै सदनमा राखिने जानकारी दिए। कांग्रेसले यस मुद्दामा अन्य विपक्षी दलहरूसँग पनि सहकार्य गर्ने भएको छ।

Advertisement

यस्तै, सरकारले संविधानको मर्म र स्थापित विधि विपरीत सार्वजनिक निकायहरूमा नियुक्ति तथा सिफारिस गरिरहेको भन्दै कांग्रेसले सचेत गराएको छ। बैठकले ‘सांसद समन्वयसम्बन्धी कार्यादेश’ र ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३’ पारित गर्नुका साथै दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठ र पूर्वमन्त्री राजेन्द्र खरेलप्रति शोक प्रस्तावसमेत पारित गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.