गण्डकीमा गाँजा विधेयक प्रमाणीकरण, खेतीको बाटो खुल्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १८:५३

पोखरा। गण्डकी प्रदेश सभाबाट दोस्रो पटक पारित भएको गाँजासम्बन्धी विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार प्रमाणीकरण गरेका छन्।

नेपालको संविधानको धारा २०१ को उपधारा ४ बमोजिम ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण भएको हो।

Advertisement

यसअघि असार २५ गते प्रदेश सभाबाट पारित भई असार ३० गते प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक सङ्घीय कानुनसँग बाझिएको भन्दै प्रदेश प्रमुखले पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

प्रदेश सभाले प्रदेशको अधिकार क्षेत्रभित्रै रहेको निष्कर्ष निकाल्दै साउन १५ गते कुनै संशोधन नगरी विधेयक जस्ताको तस्तै पुनः पारित गरेर पठाएको थियो। दोस्रो पटक पारित भई आएपछि प्रदेश प्रमुखले सोमबार विधेयक प्रमाणीकरण गरेका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.