पहिरोले भासियो सडक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ११:३३

सिन्धुपाल्चोक। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मंगलबार बिहान ९:३० बजे पहिरो खसेपछि यातायात सेवा ठप्प भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

Advertisement

पहिरोका कारण सडक खण्डमा सवारीसाधन चल्न नसक्दा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने आवतजावत पूर्ण रूपमा थप्प बनेको छ। पहिरो हटाई सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.