पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: एमाले

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १३:५९

काठमाडौं। प्रतिपक्षी दल नेकपा (एमाले) ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनुपरेको बताए।

सांसद बरालले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसपछि उत्पन्न परिस्थितिका कारण चार जना युवाको मृत्यु भएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। ‘यदि समयमै सामान्य हातहतियार प्रदर्शनलाई नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न सकेको भए आज यो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन। त्यसैले यी चार जना मृतकको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ,’ बरालले भने।

Advertisement

सरकारले गरिरहेको हालको छानबिन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले निष्पक्ष र अधिकारसम्पन्न आयोग गठन गर्न माग गरे।’छानबिन न्यायिक हुनुपर्छ। तजबिजी ढङ्गबाट बनाइएको छानबिन समितिले न्याय दिन सक्दैन। त्यसैले पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी यस घटनाको यथोचित कारण पत्ता लगाउन र स्थायी समाधान खोज्न म सरकारसँग माग गर्दछु,’बरालले भने।

विराटनगरमा प्रतिष्ठित औद्योगिक घराना देवेनरा ग्रुपमाथि गरिएको छापाको शैलीप्रति पनि उनले आपत्ति जनाए। सांसद बरालले देशमा महँगी बढेको, ग्यासका लागि नागरिकले लामो समय लाइनमा बस्नुपरेको र सरकारले आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।

तपाइको प्रतिक्रिया
गणेश यादव मृत्यु प्रकरणमा उच्चस्तरीय समितिले सुरु गर्यो छानबिन
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
कप्तानगन्ज गोलीकाण्ड : गृहमन्त्री नआएसम्म रवीन्द्रको शव नबुझ्ने अडान
एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: एमाले
मुख्यमन्त्री हेरफेर किचलो: योगेशले सोधे-‘साटसुट र शक्तिको भाषा किन ?’
कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, रवीन्द्रकुमार मेहताको पनि काठमाडौंमा मृत्यु
‘भूमिहीन र सुकुम्बासी व्यवस्थापनका नाममा रकम असुले कारबाही’
पहिरोले भासियो सडक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.