गणेश यादव मृत्यु प्रकरणमा उच्चस्तरीय समितिले सुरु गर्यो छानबिन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १५:३२

सिरहा । सुनसरीको कप्तानगन्ज घटनाको क्रममा भड्किएको तनावका बीच गोलबजारमा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनाबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समितिले काम सुरु गरेको छ।

सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा गठित समितिले गोलबजार पुगेर घटनास्थलको अवलोकन, प्रमाण संकलन र सरोकारवालासँग छलफल तीव्र पारेको हो। सोमबार प्रभावित क्षेत्रको अनुगमन गरेको समितिले मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठक राखेर घटनाबारे जानकारी लिएको छ।

Advertisement

समितिले गोलबजार उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूसँग आन्दोलनका क्रममा भएको क्षतिबारे छलफल गर्नुका साथै मुस्लिम समुदायका प्रतिनिधिहरूसँग सामाजिक सद्भाव कायम राख्ने विषयमा परामर्श गरेको गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले बताए।

छानबिन समितिका संयोजक सहसचिव शाहीले सुनसरीको घटना गोलबजारसम्म फैलिनुको कारण, प्रहरीले गोली चलाउनुपर्ने अवस्था र गणेश यादवको मृत्युको सत्यतथ्यलाई केन्द्रमा राखेर सूक्ष्म अध्ययन भइरहेको जानकारी दिए। घटनाको निष्पक्ष प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिने र व्यवसायीको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।

उद्योग वाणिज्य संघका अध्यक्ष विजय साह र नगर प्रमुख श्रेष्ठले दोषीमाथि कानुनी कारबाही, व्यवसायीको सुरक्षा र क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। यसअघि गृहमन्त्री सुधन गुरुङले मृतक यादवको घरमै पुगेर घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको प्रतिबद्धता जनाएका थिए।

तपाइको प्रतिक्रिया
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
युगान्डामा भ्यान र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
व्यवसायीको घरमा छापा: मोरङका एसपीसँग स्पष्टीकरण माग
घट्यो नेप्से परिसूचक, ४ अर्ब ७ करोडको कारोबार
कप्तानगन्ज गोलीकाण्डः घाइते मेहताको मृत्युपछि सुरक्षा सतर्कता
आगजनीले मिसिलमा क्षति पुगेपछि लक्ष्यअनुसार मुद्दा फर्छ्यौटमा कठिनाइ
गणेश यादव मृत्यु प्रकरणमा उच्चस्तरीय समितिले सुरु गर्यो छानबिन
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
कप्तानगन्ज गोलीकाण्ड : गृहमन्त्री नआएसम्म रवीन्द्रको शव नबुझ्ने अडान
एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.