दिक्तेल–चखेवा सडक एकतर्फी सञ्चालनमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १९:३५

खोटाङ । पहिरो पन्छाइएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

साउन १८ गते दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा खसेको पहिरो पन्छाएर सडकको सिङ्गल ट्र्याक खुलाइएको हो। सडक डिभिजन हर्कपुरका सुपरभाइजर रेवत राईका अनुसार पहिरो हटाएर रोकिएका सवारी साधनलाई वारपार गराउने व्यवस्था मिलाइएको छ।

Advertisement

सडक अवरुद्ध हुँदा भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ आउजाउ गर्ने यात्रुवाहक तथा मालवाहक सवारी साधन, जिप र स्कुल बस घण्टौँ रोकिएका थिए।

सडकको दुवै ट्र्याक खोल्न सडक डिभिजन हर्कपुर र पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापको एक–एक वटा जेसीबी प्रयोग भइरहेको छ। माम्खामा पुनः वर्षा भए पहिरो खस्ने खतरा रहेकाले दुवै ट्र्याक खुलाउने प्रयास जारी राखिएको र थप काम सक्न अझै एक दिन लाग्ने अनुमान गरिएको छ।

सोही स्थानमा गत साउन ३ गते राति पनि ठूलो पहिरो जाँदा सडक खुलाउन पाँच दिन लागेको थियो। त्यसयता उक्त स्थानमा निरन्तर हिलो र माटो खस्ने समस्या रहँदै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.