
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सचिवालयले बैठकबारे जानकारी दिए पनि त्यसका एजेन्डाबारे खुलाएको छैन। बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ।

























